दफा ६२
न्यायाधिकरणका सदस्यहरुको पदावधि, पारिश्रमिक र सेवाका शर्त
(१) न्यायाधिकरणका सदस्यको पदावधि पाँच वर्षको हुनेछ र निज पुन नियुक्त हुन सक्नेछ ।
(२) न्यायाधिकरणका सदस्यको पारिश्रमिक र सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछ ।
(३) न्यायाधिकरणका प्रत्येक सदस्यले आफु नियुक्त भएपछि कार्यभार सम्हाल्नु अघि सम्बन्धित उच्च अदालतका मुख्य न्यायाधीश समक्ष आफ्नो पद तथा गोपनीयताको तोकिए बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।